Wednesday, May 6, 2026
Homeमनोरन्जनविशेष चर्चामा किम कार्दशियनका नयाँ तस्बिर

विशेष चर्चामा किम कार्दशियनका नयाँ तस्बिर

अमेरिकी टेलिभिजन व्यक्तित्व, फेसन डिजाइनर, व्यवसायी, मोडल तथा अभिनेत्री किम कार्दशियनका नयाँ तस्बिर विशेष चर्चामा छन् ।

किमले सामाजिक सञ्जालमा आइतबार पोस्ट गरेका केही तस्बिरमा मानिसहरुले विशेष रुची राखिरहेका छन् ।

हुन त किमको फेसन सेन्स भिन्न छ । उनी पहिरनकै कारण थुप्रै पटक चर्चामा नआउने पनि होइन । तर यसपटकको पहिरन खास छ ।

किमले धेरैजसो अवस्थामा आफ्नो सुगठित शरीर प्रदर्शन गर्न कुनै कसूर छोड्दिनन् तर यसपटक भने उनले आफू शरीरलाई टाउकोदेखि खुट्टासम्म ढाकेकी छिन् ।

किमले कालो रङको छालाको जस्तो देखिने पहिरन लगाएकी छिन् । कोट, लङ बुट, हातमा पञ्जा लगाएकी उनले आफ्नो अनुहार पूरै ढाकेकी छिन् । यद्यपि, कपाल भने देखिएको छ ।

उनका यी तस्बिरमा थुप्रैले कमेन्ट गरेका छन् ।

कतिले उनको यो पहिरनले कोभिड–१९ बाट सुरक्षा दिने बताएका छन् भने कतिले ‘कसरी हेर्नुहुन्छ ? कसरी सास फेर्नु हुन्छ ?’ भनेर पनि प्रश्न सोधिरहेका छन् ।

यस्तै कतिले ‘तपाईंलाई ठिक त छ ?’ भनेर पनि सोधिरहेका छन् ।

उनको यो पहिरनलाई असाध्यै राम्रो भन्दै तारिफ गर्नेहरुको संख्या पनि बाक्लै छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका