Saturday, June 6, 2026
Homeप्रवासमध्यपूर्वका क्षेत्रीय संयोजक गुरुङद्वारा एनआरएनको सचिवमा उम्मेदवारी

मध्यपूर्वका क्षेत्रीय संयोजक गुरुङद्वारा एनआरएनको सचिवमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रवीण गुरुङले आसन्न निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेका व्यक्ति हुन् । तर २००४ यता  हालसम्म कतारलाई नै मुख्य कर्म थलो बनाएर उनले विभिन्न व्यवसाय गरिसकेका छन् ।

नले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवद्र्धन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको रेष्टुरेन्ट समेत सुरुवात गरेका थिए । उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक थेमका अन्य इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत पाँचतारे होटलहरूमा विस्तार गरिसकेका छन् । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन् ।

२०१९–२०२१ मध्यपूर्व संयोजकका रुपमा उनी निर्विरोध निर्वाचित भएका थिए, एनआरएनएको इतिहासमै निर्विरोध निर्वाचित हुने उनी पहिलो क्षेत्रीय संयोजक हुन् । ‘मैले गैरआवासीय नेपालीको हकहितमा के कति काम गरे भन्ने कुरा पुरै संसारलाई नै जगजाहेर छ । सायद यो प्रविधिको राम्रो पक्ष पनि होला । कुनै जमाना थियो, एक हातले दिएको अर्को हातले थाहा पाउनु हुँदैन भन्ने तर अहिले जमाना बदलिएको छ, गुरुङले भने,‘हामीले गरेका राम्रो कामको खुलेर प्रचार गर्नुपर्छ ताकि अरुलाई पनि उत्प्रेरणा मिलोस् ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका