Friday, May 1, 2026
Homeकला/साहित्यशान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना

शान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना

मानव अधिकार तथा शान्ति समाजले थप दुई स्रष्टा सम्मान र सौगात पुरस्कार स्थापना गरेको छ । समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत मानबहादुर रावल वातावरण स्रष्टा सम्मान र पद्यप्रसाद दाहाल स्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको हो । यस अन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना स्रष्टालाई जनही रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने सामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ती पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि  मानवअधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले २ लाख र स्व.पद्यप्रसाद दाहाल (मादी, संखुवासभा) का नातिनी तथा नातिहरूले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने भएका छन् । रावल स्व. मानबहादुर रावल (तानसेन,पाल्पा) का छोरा हुन् ।

यी पुरस्कारहरू हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा २०७८ देखी  प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।  यससँगै शान्ति समाजद्वारा स्थापित पुरस्कारहरूको संख्या १३ पुगेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका