Friday, April 17, 2026
Homeदेश र प्रदेशबलात्कार आरोपमा इन्जिनियर थुनामा

बलात्कार आरोपमा इन्जिनियर थुनामा

सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा गएका हुन्। सप्तरी निवासी चौधरी पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा इन्जिनियर पदमा कार्यरत छन्।

पीडित महिलालाई चौधरीले ०७८ वैशाख २ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीमा साउन १४ गते उजुरी दर्ता भएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको महुली चोकमा भेट्न बोलाई सोही गाउँपालिकाको वडा नम्बर १ सखुवा तिनमुखेस्थित जङ्गलमा लगेर बलात्कार गरेको २४ वर्षीया पीडितले बताएकी छिन्।

यसअघि पनि बिहेको आश्वासन दिइ ललाइफकाइ बलात्कार गरेर बसेको गर्भ आर्शीवाद हेल्थ केयरमा लगेर गर्भपतन गराएको पीडितले बताइन्। बिहेका लागि आफूले आग्रह गरेपछि पछिल्लो पटक वैशाख २ गते भेटन बोलाई बलात्कार गरेको पीडितले बताएकी छिन्।

प्रहरीले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी लोकनाथ तिम्सिनाले बताए। आरोपितले बिदामा घर आउँदा भेट भएका बेला पीडितले बिहे गर्न दिएको दवाव अस्विकार गर्दा झुठा आरोप लगाएको बताएका छन्।

उजुरी अघि सो विषयमा गाउँमा पञ्चायती भएको र कुरा नमिलेपछि प्रहरीमा ढिला गरी उजुरी आएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका