Sunday, June 7, 2026
Homeअपराध र घटनासालकको खपटासहित २ जना पक्राउ

सालकको खपटासहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु सालकको खबटासहित प्रहरीले काठमाडौंको बालाजुबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका घर भएका कान्छालाल मोक्तान र धनबहादुर योञ्जन छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरुको साथबाट १ किलो ५ सय ग्राम सालकको खबटा बरामद गरेको छ । मकवानपुरबाट खबटा बेच्न उनीहरु काठमाडौं आएका थिए ।

उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका