Tuesday, June 2, 2026
Homeमुख्य समाचारमाओवादी केन्द्रीय समिति बैठक, प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै

माओवादी केन्द्रीय समिति बैठक, प्रचण्डको प्रस्तावमाथि छलफल हुँदै

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्ताव तथा विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाइएका छन्।

प्रस्तावबारे छलफल गर्न केन्द्रीय कमिटीका सदस्यलाई आठवटा समूहमा विभाजन गरिएको छ। आज यिनै समूहले आफ्नो सुझाव प्रस्तुत गर्नेछन्। समूहगत छलफल पछि प्राप्त सुझावका आधारमा प्रस्ताव पास गर्ने माओवादी केन्द्रको तयारी छ।

शनिबारबाट सुरु भएको माओवादी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष ‘प्रचण्ड’ ले आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका थिए। उनले पुष ११, १२ र १३ मा राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेका थिए।

सोही बैठकमा प्रचण्डले देशको वर्तमान परिस्थिति र पार्टीले खेलेको भूमिका र आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे पनि संक्षिप्त जानकारी दिएका थिए। केन्द्रीय कमिटी बैठक बस्नुअघि माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुको  कार्य विभाजनलगायतका विषयमा छलफल भइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका