Tuesday, June 2, 2026
Homeदेश र प्रदेशपहिरोले खुङ स्वास्थ्यचौकीमा क्षति

पहिरोले खुङ स्वास्थ्यचौकीमा क्षति

प्यूठान : शनिबार राती आएको पहिरोले गौमुखी गाउँपालिका ५ मा रहेको खुङ स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ। स्वास्थ्यचौकीदेखि दुई सय मिटर माथिबाट आएको पहिरोले भवनको छानोमा क्षति पुगेको स्वास्थ्यचौकी इन्चार्ज दुर्गाप्रसाद शर्मा रिजालले जानकारी गराए।

स्वास्थ्यचौकीमा ६ जना कर्मचारी सहित उनका तीन जना परिवार सुतिरहेका थिए। पक्की भवन भएका कारण थप क्षति हुनबाट जोगिएको इन्चार्ज रिजालले बताए। ‘आकाश गड्याङ गुडुङ गरेको थियो, आवाज त आएको थियो’,उनले भने,‘पहिरोले भवनमा क्षति पुगेको बिहान उठेपछि मात्र थाहा भयो।’  स्वास्थ्यचौकीको कोठाहरुमा माटोको लेदो पसेको उनले सुनाए।

गौमुखी गाउँपालिकाको डोजरले माटोको लेदो निकाल्ने काम भइरहेको स्थानीय बरुणध्वज मल्लले जानकारी गराए। तीन दिनदेखि प्यूठानमा लगातार पानी परिरहेको छ। लगातारको पानीले जिल्लाका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका