Tuesday, June 2, 2026
Homeदेश र प्रदेशलुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा मुद्दाको पेशी चढेको छ।

उक्त रिट निवेदनको सुनुवाइका लागि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले विशेष अधिवेसन आह्वानविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुँदैछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका