काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम बयोगको वार्षिक प्रतिवेदन आ.व २०७६/०७७ पेश गर्ने कार्यसूची छ।
त्यस्तै, २०४८ सालका प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको शोक प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कांग्रेस नेता सिंहको ९० वर्षको उमेर यही साउन १५ गते निधन भएको थियो।



