Sunday, April 19, 2026
Homeदेश र प्रदेशमनसुनी वायुको प्रभाव : चार प्रदेशमा भारी बर्षा, सतर्कता रहन अनुरोध

मनसुनी वायुको प्रभाव : चार प्रदेशमा भारी बर्षा, सतर्कता रहन अनुरोध

काठमाडौं : मनसुनी वायुको प्रभावले चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार बिहान प्रदेश १, बागमती, गण्डकी र सुदुर पाश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

कुन नदीको अवस्था के छ ?

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका