Monday, June 1, 2026
Homeमुख्य समाचारजसपा विवादमा निर्वाचन आयोगमा सुनुवाइ : कसले पाउला आधिकारिकता ?

जसपा विवादमा निर्वाचन आयोगमा सुनुवाइ : कसले पाउला आधिकारिकता ?

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को आधिकारितासम्बन्धी विवादमाथिको सुनुवाइ सुरु भएको छ। निर्वाचन आयुक्तको इजलासमा सुनुवाइ सुरु भएको हो। सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा इजलास गठन भएको थियो। इजलासमा आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरा सदस्य छन्।

जसपाका नेताहरु बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ‍, केशव झा, उमाशंकर अरगरिया, हिसिला यमीलगायतका नेता आयोगमा पुगिसकेका छन्। यसअघि आइतबारको बहसमा आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन आदेश दिएको थियो।

दुवै पक्षले आ-आफ्नो प्रमाण पेस गरेपछि बिहीबार त्यसमा बहस हुने जसपाका नेताले बताएका छन्। संभवत: दुवै पक्षको प्रमाण र त्यसमा भएको बहस सुनेपछि आयोगले आजै आधाकारिकताको टुंगो लगाउनेछ।

पार्टीको आधिकारिकता दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दावी गरेका थिए । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गरेपछि आयोगले इजलास गठन गरेर सुनुवाइ सुरु गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका