Thursday, September 24, 2026
Homeराजनीतिएमालेमा विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउन प्रस्ताव, २८ जना केन्द्रीय सदस्य मनोनीत

एमालेमा विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउन प्रस्ताव, २८ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राखेका हुन्।

यसअघि बसेको सचिवालय बैठकमा पनि भण्डारीलाई वरिष्ठ नेता बनाउने विषयमा छलफल भएको थियो। भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन्। राष्ट्रपति पदबाट बाहिरिएपछि उनले पुनः सक्रिय राजनीतिमा फर्किने बताउँदै एमालेको सदस्यता नवीकरण गरेकी थिइन्।

त्यसैगरी, सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा नयाँ केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी गराइएको छ। अध्यक्ष ओलीले काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा जी गुरुङ, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इस्तियाक, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी र जी. गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

यसअघि एमालेले ईश्वर पोखरेलसहित सात जनालाई स्थायी कमिटी सदस्यमा समेत मनोनीत गरेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका