Wednesday, September 23, 2026
Homeअपराध र घटनाकोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४० भारतीयसहित ४२ जना पक्राउ

कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४० भारतीयसहित ४२ जना पक्राउ

बाँके । बाँकेको कोहलपुरस्थित होटल म्याक्समा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये दुई जना नेपाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट २८ थान ल्यापटप र विभिन्न कम्पनीका ७८ थान मोबाइल फोन बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उनीहरूले कहिलेदेखि, कसरी र कति परिमाणमा सट्टेबाजी खेलाउँदै आएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाँकेमा एक महिनामा १५२ मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत भदौ महिनामा विभिन्न प्रकृतिका १५२ वटा मुद्दा दर्ता भएका छन्। अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै जघन्य तथा गम्भीर अपराध, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध र आर्थिक अपराधका मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

दर्ता भएका मुद्दामध्ये सात वटा जघन्य र ५१ वटा गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित छन्। त्यस्तै, ९४ वटा सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा घटना दर्ता भएका छन्। ती घटनामा संलग्न १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, आर्थिक अपराधसँग सम्बन्धित २६ वटा मुद्दा दर्ता भएका छन्। अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका