Tuesday, September 22, 2026
Homeराजनीतिएमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आजदेखि सदस्यले धारणा राख्ने

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आजदेखि सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक मंगलबार बिहान ९ बजेदेखि सुरु हुँदैछ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ।

प्रत्येक केन्द्रीय सदस्यलाई पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा धारणा राख्न बढीमा तीन मिनेटको समय निर्धारण गरिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबारको बैठकमा प्रस्तुत गरेका नौवटा एजेन्डामध्ये आठवटामाथि आजदेखि छलफल तथा निर्णय प्रक्रिया अघि बढाइनेछ।

बैठकको कार्यसूचीमा केन्द्रीय कमिटीमा सदस्य मनोनयन, विभिन्न विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका विषय रहेका छन्।

त्यस्तै, सल्लाहकार परिषद् तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठन र अनुशासनसम्बन्धी विषयमा स्पष्ट दृष्टिकोण तय गर्ने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।

एमाले स्रोतका अनुसार आज नयाँ केन्द्रीय सदस्यहरूको मनोनयन टुंग्याएर सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु गरिनेछ।

पोलिटब्युरो र स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट भने बुधबारसम्ममा सम्पन्न गर्ने तयारी रहेको पार्टीका एक पदाधिकारीले जानकारी दिएका छन्।

यसअघि सोमबार बसेको बैठकको पहिलो दिन अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका