Tuesday, September 22, 2026
Homeराजनीतिप्रतिनिधिसभा बैठक बस्दै, चार संसदीय समितिले पनि विभिन्न विषयमा छलफल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, चार संसदीय समितिले पनि विभिन्न विषयमा छलफल गर्ने

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच, संघीय संसद्अन्तर्गतका विभिन्न चारवटा संसदीय समितिका बैठक पनि आज बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल हुनेछ। विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग समेत छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान १० बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ। बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनले लगानीको वातावरणमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन तथा लगानीसम्बन्धी कानुनमा गर्नुपर्ने सुधारका विषयमा छलफल हुनेछ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका