Monday, September 14, 2026
Homeराजनीतिप्रहरी हिरासतमा बसेका कांग्रेस अनुशासन समिति संयोजक तारामान गुरुङले दिए राजीनामा

प्रहरी हिरासतमा बसेका कांग्रेस अनुशासन समिति संयोजक तारामान गुरुङले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्।

पैसा ठगी गरेको उजुरीपछि पक्राउ परेका गुरुङ ८ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्रै मुक्त भएका थिए। उनले ठगीसम्बन्धी रकम बुझाएपछि हिरासतबाट मुक्त भएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिएका थिए।

अनुशासन समितिका संयोजक नै ठगीसम्बन्धी उजुरीमा पक्राउ परेर प्रहरी हिरासतमा पुगेपछि गुरुङको आलोचना भएको थियो। आलोचनापछि उनले समितिको संयोजक पदबाट राजीनामा दिएका हुन्।

आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले गुरुङले अनुशासन समिति संयोजक पदबाट राजीनामा दिएको जानकारी गराएका थिए।

कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पनि गुरुङको राजीनामाबारे सभापति थापाले बैठकलाई जानकारी गराएको उल्लेख छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका