Monday, September 7, 2026
Homeसामाचारराष्ट्रपति पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेल आजै त्रिशूली बाढी प्रभावित नुवाकोट पुगेर स्थलगत अवलोकन गरी काठमाडौं फर्किएका थिए।

भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका