Friday, September 4, 2026
Homeमुख्य समाचारत्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेकासँग दोहोरो संवाद, जीवितै रहेको पुष्टि

त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेकासँग दोहोरो संवाद, जीवितै रहेको पुष्टि

नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा महत्वपूर्ण प्रगति भएको छ। उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिहरूसँग दोहोरो संवाद गर्न सफल भएको जनाइएको छ।

पछिल्लो जानकारीअनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ। उद्धार टोलीले भित्र फसेकाहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिँदा सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो।

यसले सुरुङभित्र फसेका व्यक्तिहरू जीवित तथा सचेत अवस्थामा रहेको पुष्टि भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली अत्यन्तै सावधानीपूर्वक उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

‘भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीको कुरामा प्रतिक्रिया आउनुले हामीलाई थप उत्साहित बनाएको छ,’ न्यौपानेले बताए।

घटनास्थलमा थप प्राविधिक सहयोग तथा उद्धार उपकरण परिचालन गरिएको छ। सुरुङको जटिल संरचनाका कारण उद्धारमा चुनौती रहे पनि सुरक्षाकर्मी तथा प्राविधिक टोलीले फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रयास जारी राखेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका