Tuesday, September 1, 2026
Homeसामाचारभोटेकोशी बाढी : ९७४ शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ९७४ शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीपछि ४ हजार ५९९ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना समेत रहेका छन्।

हालसम्म ५१ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनसम्बन्धी विवरणअनुसार ८८ महिला, १०९ पुरुष र पहिचान नखुलेका २१६ शव रहेका छन्।

प्रहरीले खोजी, उद्धार तथा शव पहिचान र व्यवस्थापनको कार्य जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका