काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा पछिल्लो प्राकृतिक विपद्का विषयमा छलफल भएको हो।
भेटका क्रममा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा जारी उद्धार र राहतका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
लामिछानेले बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि भइरहेका प्रयास र देखिएका चुनौतीबारे समेत राष्ट्रपतिलाई अवगत गराएको जनाइएको छ।


