काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा जनसरोकारका समसामयिक विषयमा छलफल हुने जनाइएको छ। साथै, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आगामी दिनमा संसद्मा पार्टीले अपनाउने रणनीतिबारे समेत छलफल हुने बताइएको छ।
बैठकमा प्राकृतिक विपद्का पछिल्ला घटनाबाट उत्पन्न अवस्था तथा प्रभावित नागरिकका समस्या र उनीहरूलाई आवश्यक राहत तथा सहयोगका विषयमा समेत छलफल हुने जनाइएको छ।
कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा स्पष्ट गर्दै संसद्मा पार्टीको प्रभावकारी भूमिका र आगामी रणनीति तय गर्ने तयारीस्वरूप बैठक बोलाएको हो।


