Saturday, September 5, 2026
Homeसामाचारआज गाईजात्रा पर्व मनाइँदै, दिवङ्गत आफन्तको सम्झनामा नगर परिक्रमा

आज गाईजात्रा पर्व मनाइँदै, दिवङ्गत आफन्तको सम्झनामा नगर परिक्रमा

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर मनाइँदैछ। विशेषगरी काठमाडौं उपत्यकामा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी गाईजात्रा मनाउने गरिन्छ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यस पर्वमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने परम्परा छ।

गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यसरी नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने मान्यता रहेको छ।

गाईजात्राको ऐतिहासिक सम्बन्ध काठमाडौंका तत्कालीन राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्रशोकमा रहेकी रानीलाई संसारमा सबैले कुनै न कुनै रूपमा शोक बेहोर्नुपर्छ भन्ने अनुभूति गराउने उद्देश्यले राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको ऐतिहासिक तथ्य पाइन्छ।

गाईजात्राले रानीको शोक कम गर्न नसकेपछि उनलाई हँसाउन तथा शोकबाट बाहिर ल्याउन विभिन्न प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न राजाले आदेश दिएको जनश्रुति छ। यही परम्पराबाट गाईजात्रामा हाँस्यव्यङ्ग्य, प्रहसन तथा सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने चलन विकसित भएको मानिन्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका