काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ। साथै, बाढीपीडितका लागि राहत तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूबीच सहकार्य र संयुक्त पहल गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।


