Monday, August 24, 2026
Homeसामाचारनिजी भ्रमण सकेर प्रधानमन्त्री शाह आज काठमाडौं फर्किँदै

निजी भ्रमण सकेर प्रधानमन्त्री शाह आज काठमाडौं फर्किँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह तीनदिने निजी भ्रमण सम्पन्न गरी सोमबार काठमाडौं फर्किँदै छन् । प्रधानमन्त्री बनेपछि परिवारका सदस्यसहित शाह पहिलोपटक निजी भ्रमणमा गण्डकी प्रदेश पुगेका हुन् ।

शुक्रबार काठमाडौं हुँदै पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार सडकमार्गबाट मुस्ताङ पुगेका थिए । मुस्ताङ भ्रमणका क्रममा उनले प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए ।

निजी तथा पारिवारिक भ्रमण भएकाले शाहको यात्राका क्रममा कुनै औपचारिक सरकारी कार्यक्रम वा राजनीतिक भेटघाट राखिएको थिएन । मुस्ताङबाट आइतबार पोखरा फर्किएका उनी पोखरामै बसेका थिए ।

कास्की प्रशासनका अनुसार प्रधानमन्त्री शाह सोमबार पोखराबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा शाहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा समेत बास बसेका थिए ।

सम्बन्धित प्रशासनका अनुसार प्रधानमन्त्री शाहको भ्रमण पूर्ण रूपमा निजी भएकाले यस क्रममा कुनै राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा उनको सहभागिता रहेन ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका