काठमाडौं । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक आज सोमबार बस्दैछ।
समितिको बैठक बिहान १० बजे समितिको सभाकक्षमा बस्ने तय भएको छ।
बैठकमा चिनीको सहज आपूर्ति तथा बजारमा यसको उपलब्धता सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ।
छलफलमा चिनीको आपूर्ति अवस्था, बजार व्यवस्थापन तथा उपभोक्तालाई सहज रूपमा चिनी उपलब्ध गराउने विषयमा सरोकारवालाको धारणा लिइनेछ।


