Thursday, August 13, 2026
Homeसामाचारप्रहरी पोशाक खरिद विवादमा आईजीपी कार्कीको कडा जवाफ : ‘प्रहरीलाई घिसार्छु भन्नेहरूबाट...

प्रहरी पोशाक खरिद विवादमा आईजीपी कार्कीको कडा जवाफ : ‘प्रहरीलाई घिसार्छु भन्नेहरूबाट शासित त छैनौँ?’

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको पोशाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेपछि कार्कीले त्यसको कडा प्रतिवाद गरेका छन् ।

सार्वजनिक लेखा समितिमा सांसद सुनारले लगाएको आरोपप्रति प्रतिक्रिया दिँदै आईजीपी कार्कीले निष्ठापूर्वक काम गरिरहेका व्यक्तिलाई संसदीय समितिमा बोलाएर जथाभावी आरोप लगाउनु उचित नभएको बताए ।

उनले सुनारको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ‘प्रहरीलाई घिसार्छु’ भन्नेहरूबाट आफूहरू शासित भइरहेका त छैनौँ भन्ने चिन्ता लागेको बताए । संसदीय समितिमा गालीगलौज गर्ने तथा व्यक्तिको हुर्मत लिने शैली उचित नभएको उनको भनाइ थियो ।

कार्कीले कुनै विषयमा उजुरी परेको भए त्यसबारे अनुसन्धान तथा सोधपुछ हुनुपर्ने स्वीकार गरे । तर, त्यसका लागि संसदीय अभ्यासभित्रै व्यवस्थित प्रक्रिया रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी राज्यको जिम्मेवार निकाय भएकाले संसदीय समितिमा समेत मर्यादित र सम्मानजनक व्यवहार हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका