काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौँ ल्याइँदै छ।
निधन हुनेमा किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पा रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्नेछ।
उक्त दुर्घटनामा निधन भएका **पुरबहादुर गुरुङ ‘युक्त’**को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ।
दुर्घटनास्थलबाट अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ।


