Tuesday, August 11, 2026
Homeसामाचारकाठमाडौं उपत्यकामा ५८५ सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ५८५ सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५८५ जना सवारी चालकलाई कारबाही गरेको छ।

मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३३ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभीमार्फत ७० जना र रातोबत्ती उल्लंघन गर्ने ५४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसैगरी, तीव्र गतिमा सवारी चलाउने २८ जना, हर्न निषेध उल्लंघन गर्ने ११ जना, लेन अनुशासन उल्लंघन गर्ने १९ जना, सवारीको अवस्था ठीक नभएका १३ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ११ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा ३४६ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सडक अनुशासन कायम राख्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका