Tuesday, August 11, 2026
Homeराजनीतिप्रतिनिधिसभामा आज खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल

प्रतिनिधिसभामा आज खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।

आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, आज दुई वटा संसदीय समितिको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समितिविकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक तय गरिएको छ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका क्रममा जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल हुनेछ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका