Saturday, July 25, 2026
Homeसामाचारचीनका राजदूतसँग मन्त्री रावलको भेट, भूमि प्रशासनको डिजिटल रूपान्तरणदेखि क्यान्सर उपचारसम्म सहकार्यको...

चीनका राजदूतसँग मन्त्री रावलको भेट, भूमि प्रशासनको डिजिटल रूपान्तरणदेखि क्यान्सर उपचारसम्म सहकार्यको छलफल

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गर्दै नेपाल–चीनबीचका विभिन्न सहयोगका विषयमा छलफल गरेकी छन्।

मन्त्रालयमा भएको भेटका क्रममा चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालन भइरहेका नेपाल सहायता परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल (CAR-T Cell) प्रयोगशाला स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरणलगायतका विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप प्रभावकारी बनाउने, सार्वजनिक सेवा प्रवाह सुधार गर्ने तथा आधुनिक प्रविधिमार्फत भूमि प्रशासनलाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल गरेका थिए।

यस अवसरमा राजदूत झाङ माओमिङले मन्त्रालयले सरकारको पहिलो १०० दिनमा हासिल गरेका प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण र सुशासन प्रवर्द्धनका क्षेत्रमा अघि बढाइएका पहलहरू सकारात्मक र प्रभावकारी रहेको बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका