Tuesday, September 15, 2026
Homeसामाचारजलविरेमा दुई बस ठोक्किँदा नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, दुई दर्जनभन्दा बढी घाइते

जलविरेमा दुई बस ठोक्किँदा नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, दुई दर्जनभन्दा बढी घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरे क्षेत्रमा दुईवटा यात्रुवाहक बस एकापसमा ठोक्किँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान मात्रै सञ्चालनमा आएको सडक दुर्घटनापछि पुनः बन्द हुन पुगेको हो।

सुरक्षाका कारण जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आइतबार बिहान सडक सञ्चालनमा ल्याइए पनि केही समयमै भएको दुर्घटनाले आवागमन पुनः प्रभावित बनेको छ।

दुर्घटनामा दुवै बसमा सवार २५–२६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारनेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाग्रस्त सवारी हटाउने र सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको छ।

सडक डिभिजन भरतपुरले सडकमा सवारीको चाप बढ्न सक्ने भएकाले चालकहरूलाई हतार नगर्न, निर्धारित गति कायम गर्न र लेन अनुशासनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका