Thursday, July 16, 2026
Homeसामाचारकांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

बुटवल । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत कपिलवस्तुले बिहीबार अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्माले आफूमाथि भएको साङ्घातिक आक्रमणमा सांसद शाहको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएका थिए। जाहेरीअनुसार सांसद शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूहले उनको निवासमै पुगेर कुटपिट गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले सांसद शाहविरुद्ध मुद्दा दर्ता भइसकेको र अदालतको अनुमति प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

यसअघि पीडित पक्षले जाहेरी दर्तामा प्रहरीले ढिलाइ गरेको आरोप लगाएको थियो। अदालतबाट पक्राउ अनुमति प्राप्त भएसँगै प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका