Tuesday, July 14, 2026
Homeसामाचारसर्लाहीमा आफैंलाई आगो लगाएका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु

सर्लाहीमा आफैंलाई आगो लगाएका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु

काठमाडौं । सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगो लगाएका विवेक मण्डल को उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई का अनुसार मंगलबार बिहान २:४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको निधन भएको हो।

असार २६ गते सर्लाहीको गडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डल ले आफ्नै घरनजिक पेट्रोल छर्केर आफैंलाई आगो लगाएका थिए। घटनापछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई उपचार गरिएको थियो। उपचारका क्रममा उनी गम्भीर अवस्थामा रहेका थिए।

यसअघि पनि काठमाडौंमा गणेश नेपाली र अश्विन राउत ले आफैंमाथि आगो लगाएका थिए। उनीहरूको पनि उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका