Thursday, September 17, 2026
Homeराजनीतिमिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङ प्रकरणः संसदीय समितिद्वारा छानबिन र कारबाहीको माग

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङ प्रकरणः संसदीय समितिद्वारा छानबिन र कारबाहीको माग

काठमाडौं । विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा अज्ञात व्यक्तिले शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरेर छाडेको घटनाप्रति प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गम्भीर चासो व्यक्त गरेको छ।

सोमबार बसेको समितिको बैठकमा सांसदहरूले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइनखबरको कार्यालय अगाडि निजी नम्बर प्लेटका गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको विषय उठाएका थिए।

समिति सभापति समीक्षा बास्कोटाले उक्त घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ट्राफिक प्रहरीले ती सवारीसाधन हटाइसकेको जानकारी बैठकमा गराइन्।

उनले भनिन्, “बैठक चलिरहेकै बेला ट्राफिक प्रहरीले ती गाडी हटाइसकेको जानकारी प्राप्त भएको छ। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौं।”

सभापति बास्कोटाले सञ्चारमाध्यमलाई त्रसित बनाउने वा दबाबमा पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरिन्।

उनले यस्ता घटनालाई गम्भीर रूपमा लिएर भविष्यमा पुनः दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्नेमा पनि जोड दिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका