२७ असार, जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् ।
उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।


