Monday, June 1, 2026
Homeअपराध र घटनाकञ्चनपुरमा चट्याङ लागेर बावुको मृत्यु, छोरा घाइते

कञ्चनपुरमा चट्याङ लागेर बावुको मृत्यु, छोरा घाइते

महेन्द्रनगर : कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । भीमदत्त नगरपालिका ९ मटैनाका ५३ वर्षीया पुरुष वीर महराको आइतबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेका अनुसार घरको बरन्डामा बसेका बेला बिहान ७ बजेतिर चट्याङ लागेर उनको मृत्यु भएको हो । यस्तै मृतकका १८ वर्षीय छोरा लालसिंह महरा चट्याङ लागेर घाइते भएका छन् । उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका