Thursday, September 17, 2026
Homeसामाचारराहदानी विभाग अगाडि एक पुरुषद्वारा आत्मदाहको प्रयास

राहदानी विभाग अगाडि एक पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य प्रवेशद्वार अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

प्रहरीका अनुसार ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने प्रयास गरेका थिए। घटनालगत्तै खटिएको प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाएको छ।

उनले आत्मदाहको प्रयास किन गरेका हुन् भन्ने कारण हालसम्म खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्तिको पहिचान पनि सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका