Tuesday, April 21, 2026
Homeकोरोना बिशेष२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को मृत्यु

२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त  भएका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका