Sunday, July 5, 2026
Homeसामाचारत्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।

शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा विमानस्थल पुगेका गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्काउने उद्देश्यले कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन्।

विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीका अनुसार नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले सबैभन्दा पहिले अध्यागमन कार्यालय नै देख्ने भएकाले त्यहाँ कार्यरत कर्मचारीको पोसाक, व्यवहार र सेवा देशको पहिचान र छविसँग प्रत्यक्ष जोडिएको हुन्छ।

उनले भने, “नेपाल आउने पर्यटकले पहिलो छाप अध्यागमनबाट नै बनाउँछन्। त्यसैले कर्मचारीको पोसाक र प्रस्तुतिमा नेपाली मौलिकता झल्किनुपर्छ भन्ने उद्देश्यले ढाका टोपी लगाउन निर्देशन दिइएको हो।”

गृहमन्त्रीको निर्देशनपछि शनिबारदेखि केही कर्मचारीले ढाका टोपी लगाउन सुरु गरेका थिए। कार्यालयका अनुसार आइतबारसम्म अधिकांश कर्मचारीले ढाका टोपीसहित नियमित सेवा दिन थालेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका