Saturday, September 19, 2026
Homeसामाचारअदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा अदालतमा पुगेको थियो।

उक्त मुद्दामा अदालतले भण्डारीलाई एक महिना सात दिन कैद सजायका साथै जरिवाना गर्ने फैसला गरेको थियो।

डीएसपी रावतका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई अदालतको आदेशअनुसार सजाय कार्यान्वयन गरिने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका