Friday, June 19, 2026
Homeकोरोना बिशेष२२ सय ३९ जनामा कोरोना संक्रमण, २० को मृत्यु

२२ सय ३९ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाडौं : ११ हजार ३१३ नमूना परीक्षणमा २२ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ६६ सय ५७ नमूनाको पीसीआर र ४६ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट १४ सय ३९ जना र एन्टिजेन विधिबाट ७६० जना गरी २२ सय ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै पछिल्लो २४ घन्टामा १३ सय १६ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख  १६ हजार ९२९ पुगेको छ। निको हुने दर ९४.५ प्रतिशत हो।

मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। बिहीबार कोरोनाबाट २९ जनाले ज्यान गुमाएका थिए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका