Saturday, June 27, 2026
Homeसामाचारएन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, ८ करोड ७८ लाख अपचलनको आरोप

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, ८ करोड ७८ लाख अपचलनको आरोप

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ शेर्पालाई नियन्त्रणमा लिएको हो। सिआइबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रपञ्चमार्फत व्यक्तिगत लाभ लिँदै विद्यालयलाई आर्थिक हानि पुर्‍याएको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका