Thursday, June 25, 2026
Homeसामाचारसम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का गरेको छ। विभागले मङ्गलबार उनको राहदानी रोक्का राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो।

विभागको पत्रका आधारमा अध्यागमन विभागले सुमार्गीको राहदानी रोक्का गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीको सम्पत्तिसम्बन्धी विषयमा छानबिन सुरु गरेको छ। छानबिनको प्रक्रिया चलिरहँदा विदेश जान नपाउने व्यवस्था गर्न उनको राहदानी रोक्का गरिएको हो।

विदेशबाट स्रोत नखुलेको रकम नेपाल भित्र्याएको आरोपमा सुमार्गी यसअघि पनि विवादमा तानिएका थिए। उनी मुक्ति श्री सिमेन्ट इण्डष्ट्रिज प्रालिका अध्यक्ष हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका