Thursday, September 3, 2026
Homeअन्तराष्ट्रियचीन–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा लैजान ट्रम्पसँग सहकार्य गर्न तयार : सी जिनपिङ

चीन–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा लैजान ट्रम्पसँग सहकार्य गर्न तयार : सी जिनपिङ

एजेन्सी । सी जिनपिङ ले चीन–अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन्।

राष्ट्रपति सीले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ऐतिहासिक वर्ष बनाउन दुवै देशले मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

उनले विश्व अहिले गम्भीर परिवर्तन र अस्थिरताको चरणबाट गुज्रिरहेको उल्लेख गर्दै चीन र अमेरिकाले प्रमुख शक्तिबीच सहकार्यको नयाँ मोडेल निर्माण गर्न सक्ने बताए।

सीले विश्वव्यापी चुनौतीहरूको सामना गर्न र अन्तर्राष्ट्रिय स्थिरता कायम गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

उनले चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दीगो विकासप्रति चीन प्रतिबद्ध रहेको दोहोर्‍याउँदै आर्थिक सम्बन्ध दुवै देशका लागि पारस्परिक लाभदायक भएको बताए।

राष्ट्रपति सीका अनुसार हालै दक्षिण कोरिया मा सम्पन्न चीन र अमेरिकी आर्थिक तथा व्यापारिक टोलीबीचको बैठक सकारात्मक र सन्तुलित परिणाममुखी भएको थियो।

उनले दुवै पक्षलाई कठिन प्रयासबाट बनेको सकारात्मक वातावरण कायम राख्न आग्रह गरे।

सीले अमेरिकी व्यवसायहरूले चीनको सुधार र खुलापनको प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै चीनले अमेरिकासँग अझ सशक्त आर्थिक सहकार्यको स्वागत गर्ने बताए।

उनले राजनीतिक, कूटनीतिक तथा सैन्य संवादलाई प्रभावकारी बनाउँदै व्यापार, जनस्वास्थ्य, कृषि, पर्यटन, कानुन कार्यान्वयन र जनस्तरको सम्बन्धमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति सीले ताइवान सम्बन्धी विषयलाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा भएको बताए।

उनका अनुसार ताइवान प्रश्नलाई सावधानीपूर्वक व्यवस्थापन गर्न सके सम्बन्ध स्थिर रहनेछ, अन्यथा द्वन्द्व र टकरावको जोखिम बढ्न सक्छ।

दुवै नेताबीच मध्यपूर्वको अवस्था, युक्रेन संकट र कोरियाली प्रायद्वीपको अवस्थालगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि छलफल भएको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका