Sunday, May 17, 2026
Homeराजनीतिमदन–आश्रित स्मृति दिवसमा एमालेद्वारा देशभर विभिन्न कार्यक्रम

मदन–आश्रित स्मृति दिवसमा एमालेद्वारा देशभर विभिन्न कार्यक्रम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ।

स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा विशेष स्मृतिसभा तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान मा विचार गोष्ठी आयोजना गरिने भएको छ।

त्यसैगरी देशका विभिन्न स्थानमा मदन–आश्रितको योगदानबारे चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालका बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ।

जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गा मा भएको सवारी दुर्घटनामा निधन भएको थियो।

एमालेले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रमुख सिद्धान्तकार तथा नेपाली कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताका रूपमा सम्मान गर्दै आएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका