Wednesday, May 13, 2026
Homeराजनीतिप्रतिनिधिसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु

प्रतिनिधिसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा को बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह ले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल द्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत हुने तथा त्यसमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची पनि तय गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका