Sunday, May 10, 2026
Homeराजनीतिरास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार बैठकमा महाधिवेशन कार्यविधि २०८३ अनुमोदन, महाधिवेशनको मिति प्रस्ताव लगायत विषयमा छलफल हुनेछ।

महामन्त्री बुर्लाकोटीले बैठक मुख्य रूपमा महाधिवेशन केन्द्रित रहने बताए।

यसअघि वैशाख २० गते बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा तथा संसदीय दलको विधान संशोधन गरेको थियो।

रास्वपाले भदौ वा असोज महिनामा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका