Saturday, May 9, 2026
Homeअन्तराष्ट्रियरुस–युक्रेनबीच तीन दिन युद्धविराम घोषणा

रुस–युक्रेनबीच तीन दिन युद्धविराम घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार युद्धविराम मे ९ देखि ११ सम्म लागू हुनेछ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले रुसले विजय दिवस मनाउने र युक्रेन पनि दोस्रो विश्वयुद्धको हिस्सा रहेकाले उक्त अवधिमा युद्धविराम गरिने बताएका छन्।

उनले युद्धविराम अवधिमा दुवै देशबीच हजारौँ युद्धबन्दी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्। ट्रम्पले आफ्नो प्रस्ताव स्वीकार गरेकोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गरेका छन्।

ट्रम्पले यो युद्धविरामलाई लामो, घातक र कठिन युद्ध अन्त्यको सुरुवातका रूपमा व्याख्या गरेका छन्। साथै, युद्ध स्थायी रूपमा अन्त्य गर्न निरन्तर छलफल भइरहेको पनि बताएका छन्।

रुस–युक्रेन युद्धलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो द्वन्द्वमध्ये एक मानिएको छ।

रुसले हरेक वर्ष मे ९ मा दोस्रो विश्वयुद्धमा तत्कालीन सोभियत संघले नाजी जर्मनीमाथि प्राप्त गरेको विजयको सम्झनामा ‘विजय दिवस’ मनाउने गर्दछ। यस अवसरमा सैन्य परेड र शक्ति प्रदर्शन गरिन्छ।

यद्यपि, यस वर्ष रेड स्क्वायरमा हुने केही कार्यक्रम जारी युद्धका कारण प्रभावित भएका छन्। रुसी रक्षा मन्त्रालयले सन् २०२६ को विजय दिवस परेडमा सैन्य एकेडेमीका सैनिक र हवाई प्रदर्शन समावेश गरिने जनाएको छ। तर वर्तमान सुरक्षा अवस्थाका कारण यस वर्ष केही सैन्य सामग्री र क्याडेटहरूको सहभागिता सीमित गरिएको बताइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका