काठमाडौं । संघीय संसद्अन्तर्गत आज (शुक्रबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ।
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक तय गरिएको संसद् सचिवालयले जनाएको छ।
दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचय, हालसम्म भएका कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने कार्यसूची रहेको छ।
त्यसैगरी, बिहान १०ः३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिका आन्तरिक विषयमा छलफल गरिने जनाइएको छ।


