Tuesday, May 5, 2026
Homeमनोरन्जनडिभोर्सपछि आमिर–किरणको सन्देश–‘हामी एउटै परिवार हौं’

डिभोर्सपछि आमिर–किरणको सन्देश–‘हामी एउटै परिवार हौं’

बलिउड नायक आमिर खान र उनकी पत्नी किरण रावले वैवाहिक जीवनमा बाँधिएको १५ वर्षपछि अलग हुने निर्णय गरे । किरण र आमिरले शनिबार एक वक्तव्य जारी गर्दै वैवाहिक जीवनबाट अलग हुने निर्णय गरेको जानकारी गराउँदै गर्दा आम मानिसहरु आश्चर्यमा परेका थिए ।

पहिलो वैवाहिक जीवनलाई अन्त्य गर्दै आमिरले किरणसँग १५ वर्ष अगाडि बिहे गरेका थिए । डिभोर्सको घोषणा गरेको एक दिनपछि दुवैले एकसाथ एक भिडियो सन्देश सार्वजनिक गरेका छन् । जसमा, उनीहरुले डिभोर्सको निर्णयमा आफूहरु खुशी भएको उल्लेख गरेका छन् ।

‘पानी फाउन्डेशन’को साप्ताहिक अनलाइन कार्यक्रम मार्फत आमिरले भनेका छन्–‘तपाइँहरुले हाम्रो घोषणा सुन्नुभएको होला । तपाइँहरुलाई यो खबरले दुखी पनि बनायो होला । तर, हामी दुवै जना भने यो निर्णयबाट निकै नै खुशी छौं । हामी एउटै परिवार हौं । हाम्रो सम्बन्धमा परिवर्तन भएको हो, तर हामी एकसाथ नै छौं । हाम्रो खुशीका लागि तपाइँहरु सबैले प्रार्थना गर्नुहोला ।’

किरणले भिडियो सन्देशमा भनिन्–‘हामी तपाइँहरुलाई आश्वासन दिन्छौं कि, हामी एकसाथ सधैं काम गर्नेछौं।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका